martes, 22 de marzo de 2016

सिंहदरबार कब्जा गर्ने क्रान्ति नायक रामप्रसाद राईबारे

सिंहदरबार कब्जा गर्ने क्रान्ति नायक रामप्रसाद राईबारे

ramprasad ra
माझकिरात भोजपुर सदरमुकामदेखि दक्षिण करिब कोस टाढा पर्ने बासिखोरा गाउँमा १९६५ साल फागुन १८ गते जन्मेका रामप्रसाद राई २००७ सालमा क्रान्तिकारी स्वतन्त्र सेनानी हुनु पूर्व भूतपूर्व सैनिक हुनुहुन्थ्यो उहाँ १४ वर्षकै कलिलो उमेरमा घरबाट निस्केर तत्कालीन इष्ट इन्डिया कम्पनीको गोरखा पल्टनमा भर्ना हुनुभएको थियो लगातार ११ वर्षसम्म पल्टनमा सेवारत् भई २५ वर्षको लक्का उमेरमा उहाँ आफ्नो घर छुट्टीमा निस्केको बेला आमाबाबाको इच्छाअनुसार विदेशी पल्टन छाडेर आफ्नै देश नेपालको पल्टनमा भर्ती हुनुभयो
पछि २००७ सालको सशस्त्र संघर्षताका पूर्वी नेपालको फौजी कमान्डको नेतृत्व गर्नुपूर्व उहाँ लेफ्टीनेन्ट पदमा सेवारत हुनुहुन्थ्यो लेफ्टीनेन्ट पदलाई नै तिलाञ्जली दिएर उहाँ तत्कालीन राणा शासन तत्कालीन कुव्यवस्थाविरुद्ध उत्रिनुभएको थियो
२००७ सालको संघर्षताका उहाँले पूर्वी नेपालका किरातीहरूलाई सङ्गठित पारीसशस्त्र समाज मुक्ति सेनामात्रै तयार पार्नु भएन बल्कि तत्कालीन खम्बुवानलिम्बुवान क्षेत्रका सम्पूर्ण क्रान्तिकारी योद्धाहरूको सक्रिय समर्थनसमेत प्राप्त गर्नुभयो
Ram Prasad Rai
नेपालको हुलाक टिकटमा रामप्रसाद राई
रामप्रसाद राईको नेतृत्वमा २००८ माघ गते राति सिंहदरबार विद्रोह भयो यो विद्रोहको आयोजक तथा निर्देशक उहाँ नै हुनुहुन्थ्यो विद्रोहको क्रममा केन्द्रीय हतियारखाना, तोपखाना, बारुदखाना, बैङ्क आदि ठाउँहरूमा विद्रोहीहरूको कब्जा भयो रेडियो स्टेसन, एयरपोर्ट तथा उपत्यकाका तीनै सहर विद्रोहीहरूले कब्जामा लिए
राणा शासनलाई सैनिक युद्धमा पूर्णरुपले पराजित गर्नका लागि रामप्रसाद राईद्वारा नेतृत्व गरिएकोकिरात मुक्ति सेनानै त्यति बेलाको सबैभन्दा सशक्त सेना थियो यसरी क्रान्तिकारीहरूलाई ठूलो हिस्सामा सङ्गठन गर्नु त्यसलाई कुशल नेतृत्व प्रदान गर्नु पछाडि उहाँले समयमा सिकेको सैनिक अभ्यास, सैनिक शिक्षा सैनिक अनुशासनकै परिणति थियो
फलस्वरुप, उहाँकै सफल नेतृत्वमा नै २००७ साल मङ्सिर २४ गते भोजपुर मालअड्डा कब्जा गरी नेपालको सशस्त्र क्रान्तिको श्रीगणेश भएको थियो त्यसपछि उहाँकै नेतृत्वमा क्रमशः दिङ्ला, खोटाङ, ओखलढुङ्गा, सिन्धुली, चरिकोट, धुलिखेल आदि ठाउँहरूलाई राणा शासनबाट मुक्त पारिएको थियो उहाँकै नेतृत्वमा विभिन्न ठाउँ कब्जा गर्ने सिलसिलामा पूर्वका झण्डै ५० हजारभन्दा बढी किराती जनसमुदायहरू क्रान्तिको मैदानमा उत्रिएका थिए
पूर्वका सम्पूर्ण इलाका मुक्त गरेपछि उहाँको नेतृत्वमा १० हजार किराती योद्धाहरू काठमाडौंतिर लागे यसै बीचमा दिल्ली सम्झौता गरियो क्रान्तिलाई समाप्त पार्ने प्रयास गरियो
रामप्रसाद राईको नेतृत्वमा आएका किरात मुक्ति सेनालाई राजनीतिक सत्ताबाट वञ्चित गरी अपमानजनक अवस्थामा राखियो यस घटनाले उहाँ उहाँका समर्थक किरात योद्धाहरूमा भयङ्कर असन्तुष्टि पैदा भयो यसैले क्रान्तिलाई असफल पारेर सत्ताधारी भएकाबाट भारतीयहरूको प्रभावबाट देश मुक्त गर्न असफल क्रान्तिलाई सफल पार्ने योजना बनाएर उहाँ गुप्त तरिकाले काम गर्न थाल्नुभयो
पछि उहाँलाई पक्राउ गरियो सिंहदरबारमा कैद गरियो २००८ माघ गते राति सिंहदरबार विद्रोह भयो यो विद्रोहको आयोजक तथा निर्देशक उहाँ नै हुनुहुन्थ्यो विद्रोहको क्रममा केन्द्रीय हतियारखाना, तोपखाना, बारुदखाना, बैङ्क आदि ठाउँहरूमा विद्रोहीहरूको कब्जा भयो रेडियो स्टेसन, एयरपोर्ट तथा उपत्यकाका तीनै सहर विद्रोहीहरूले कब्जामा लिए तर, त्यो विद्रोह असफलतामा टुङ्गियो विद्रोहको असफलतापछि चीनतर्पm जाँदा रामप्रसाद राईको रहस्यमय रुपमा हत्या भएको थियो

साभार/आभार : ‘ब्रिटिशगोर्खा सन्धिदेखि सर्वोच्चसम्मपुस्तक

No hay comentarios:

Publicar un comentario