martes, 22 de marzo de 2016

किरात राई समुदायका पहिलो मन्त्री नारदमनि थुलुङ

किरात राई समुदायका पहिलो मन्त्री नारदमनि थुलुङ

Naradmuni_Thulung सम्बत् २००७ को राणा शासनविरोधी सशस्त्र संघर्ष पूर्वाञ्चल माझकिरातबाट सुरु भएर बृहत रुपमा जसरी सफल रह्यो, त्यो सफलताको पछाडि भूतपूर्व सैनिकहरुको नेतृत्व उपस्थिति नै प्रमुख कारक थियो भन्ने कुरामा कुनै सन्देह छैन वास्तवमा यो समीक्षा नै राजनैतिक तथा सामरिक हिसाबको सार्थक समीक्षा पनि हो हुन पनि भूतपूर्व सैनिकहरुको नेतृत्वमा आरम्भ गरिएको तत्कालीन संघर्षको पहिलो फड्को नै भोजपुर मालअड्डाको कब्जा थियो
भनिन्छ, सम्बत् २००७ मंसिर २४ गते त्यो सशस्त्र कार्वाही भूतपूर्व सैनिकहरुको साहसको उच्चअभिव्यक्ति थियो पूर्वाञ्चल लिम्बुवानदेखि धुलिखेलसम्म एकछत्र फैलिएको उतिखेरको सशस्त्र अभियानको बृहत्तर स्वरुप पछाडि त्यतिखेरका भूतपूर्व सैनिकहरुको दृष्टिकोण आधुनिक शिक्षाको ठूलो हात थियो त्यहीँ बृहत्तर अभियानका एक सशक्त नेतृत्वदायी नायक हुनुहुन्थ्यो, स्व. नारदमनि थुलुङ
उतिखेरका अधिकांश क्रान्तिकारी नेता तथा क्रान्तिकारी दस्ताका सदस्यहरुझैं उहाँ पनि एक भूतपूर्व सैनिक हुनुहुन्थ्यो उहाँ तत्कालीन इष्टइन्डिया कम्पनीको सैनिक सेवा छाडेर मुलुकको गुज्रँदो अवस्थासँग जुध्नमा उहाँले सैनिक जीवनमा सिकेका शिक्षा कलालाई देशभित्र बिजाङ्कुरित गर्ने अठोट गर्नुभयो उहाँको तत्कालीन माझकिरातमा शिक्षाको ज्योति फैलाउने क्रान्तिको बिगुल फुक्ने काम एकैचोटी गर्नुभएको थियो
स्व. नारदमनि थुलुङको जन्म सम्बत् १९६५ चैत २७ गते भोजपुर जिल्ला छिनामखु गाविसमा भएको थियो उहाँको प्रसिद्धी केवल पूर्वाञ्चलका खम्बु जातिमा मात्र सीमित नरही नेपालभरि नै फैलिएको उक्त प्रसिद्धीको सिलसिला मुख्यतयाः सम्बत् २००७ को राणा शासनविरोधी सशस्त्र आन्दोलनबाट मुक्तिसेनाले कब्जा गर्दा उहाँ पनि मुक्तिसेनाको नेतृत्वकारी व्यक्तिमध्ये एक हुनुहुन्थ्यो

सम्बत् २००७ को सशस्त्र आन्दोलनपछि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको मन्त्रिमण्डलमा उहाँ पहिलोपटक स्वायत्त शासनमन्त्री हुनुभयो , दोस्रोपटक मालपोत, वन रक्षामन्त्री हुनुभयो उहाँ नै नेपालको इतिहासमा राई जातिमा पहिलोमन्त्री हुनुहुन्छ उहाँको व्यक्तित्व राजनैतिकबाहेक शिक्षाप्रेमी, समाजसेवीको रुपमा पनि रहेको पाइन्छ सम्बत् २०५७ माघ २२ गते ८२ वर्षको उमेरमा उहाँको दुःखद् निधन भएको थियो
(
साभार/आभार : ब्रिटिसगोर्खा सन्धीदेखि सर्वोच्चसम्म पुस्तक)

No hay comentarios:

Publicar un comentario