domingo, 10 de julio de 2016

Nisa Katwal
आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने ,,,,,
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

lunes, 23 de mayo de 2016

. श्रीमान 
नेपाली राजदुताबास साउदी अरेबिया 

बिषय :- राहदानी पाउ भन्ने बारेमा 

महोदय _
; निबेदक बिनोद ठाकुर यो अनुरोध गर्न चाहान्छु कि मेरो (M.R.P.) राहदानीको लागी अङ्ग्रेजी मिति 30/09/2014 मा सबै कागज पत्र सहित फाराम भरी आएको थिए   समयमा हाजिर हुन सकिन हाल Samsung Engineering company मा  कार्यरत छु सोहि कारणले गर्दा साउदी अरेबियाको राजधानी भन्दा धेरै टाढा भएकोले स्वयंले हाजिर हुन नसक्ने हुँदा मेरो पुरानो राहदानी भौचर सहित मेरो कम्पनीको कर्मचारीलाई पठाएको छु आश मेरो यो निवेदन स्विकार्नु हुन्छ


. मिति :- 23/05/2016

निवेदक :- बिनोद ठाकुर 
हस्ताक्षर :- 
मोबाइल :   0592098467                                                                                                                                    राहदानी न: 3638957

martes, 22 de marzo de 2016

दिल्ली सम्झौता रामप्रसाद राई
§  गणेश अधिकारी
रामप्रसाद राईको हत्या भयो कि स्वाभाविक मृत्यु ? यो प्रश्न नेपालमा अझै अनुत्तरित सिंहदरबारलगायत काठमाडौंका अधिकांश सैनिक महŒवका स्थान नियन्त्रणमा लिइसकेपछि सरकारी सेनासँगको गोली हानाहानपश्चात् रामप्रसाद राई अथवा मेरो बुबाको अन्तिम जानकारी डा. केआई सिंहसँग मात्र हुन सक्थ्यो
हरेक वर्षको फागुन १८ गते रामप्रसाद राईको जन्मस्मृति मनाउने गरिन्छ यसपटक पनिकिराँत राई यायोख्खाले कोटेश्वरमा आयोजना गरेको स्मृतिसभामा रामप्रसाद राईकी छोरी लक्ष्मी राईले बोल्ने क्रममा यी माथिका कुरा भनिन् हुन राजनीतिक क्षेत्रमा षड्यन्त्रद्वारा गराइएका मृत्युहरू लुकाइन्छन् यो नौलो कुरा होइन तर यस्तो षड्यन्त्र लुक्न त्यतिखेरसम्म मात्र सफल देखिन्छ, जतिखेरसम्म त्यसबारे खोज्ने मानिस हँुदैनन् अथवा खोज्ने मानिस भए पनि तिनलाई षड्यन्त्रद्वारा नै निरुत्साहित गरिन्छ विश्वका धेरै देशमा राजनीतिक रूपका मृत्युका घटनाहरू भएका छन् ती कहीं पत्ता लागेका छन्, कहीं छैनन् अर्नेस्टो चे ग्वेभाराको मृत्यु धेरै पछि पत्ता लागेको थियो मृत्युका सिकारीहरू सुरुमा सुरा नै देखिँदा हुन् तर मृत्यु गराइसकेपछि भने ती अत्यन्त काँतर साबित भएर अनौठो चालले त्यसलाई लुकाउने गर्छन्
विश्वभरका न्यायप्रेमी जनताको निरन्तरको खोजीपछि चे ग्वेभाराको लास हवाईजहाज प्याराफिटमुनि गाडिएको भेटियो आजसम्म विश्व जनमतभन्दा बलियो साबित हुँदै आएको साम्राज्यवादले उनको मृत्यु गराएको साबित भयो तर, कसैले केही गर्न सकेनन् हाम्रो देशभित्र पनि यसै शैलीमा अनेकन मृत्युका घटना भएका छन् जसको प्रत्यक्ष सम्बन्ध राजनीतिसँग तीमध्ये वीरेन्द्रको वंशनाश, मदन भण्डारीको मृत्यु, सरोज कोइरालाको मृत्यु रामप्रसाद राईको मृत्यु चर्चाबाट हराउन सकेका छैनन् त्यसैले, रामप्रसाद राईको मृत्यु दिल्ली सम्झौतालाई यस लेखको विषय बनाइएको
२००७ सालको राणाविरोधी सशस्त्र आन्दोलनका दुईजना किराँती योद्धाहरू नारदमुनि थुलुङ रामप्रसाद राई थिए ००७ साल मंसिर २४ गते विनारक्तपात भोजपुर सदरमुकाम यिनीहरूले कब्जामा लिएका थिए
लक्ष्मी राईले भनिन्, ‘चीन निर्वासनबाट फर्केपछि २०१४ साल श्रावण ११ गते डा. केआई सिंह नेपालका प्रधानमन्त्री भए सिंहदरबार काण्डपछि देशले थाहा पाएअनुसार बेपत्ता हुनेमा डा. सिंह रामप्रसाद राई थिए त्यसैकारण मेरी आमा बुबाको जानकारी लिन प्रधानमन्त्रीको निवासमा पुग्यौं
नेपाली कांग्रेसले आह्वान गरेको वि. सं. २००७ सालको राणाविरोधी सशस्त्र आन्दोलनका दुईजना किराँती योद्धाहरू नारदमुनि थुलुङ रामप्रसाद राई थिए ००७ साल मंसिर २४ गते विनारक्तपात भोजपुर सदरमुकाम यिनीहरूले कब्जामा लिएका थिए कांग्रेसको आह्वान स्वीकार गरेका तर स्वयम कांग्रेसको चवत्री टिकटसमेत यिनीहरूले नलिएको कुरा नारदमुनि स्वयमले लेखेका छन् भोजपुर कब्जामा लिइसकेपछि भूपू सैनिकहरू संगठित गरेर क्रमशः पूर्व पश्चिमका जिल्लाहरू कब्जा गर्नेमा यी दुवै उद्यत रहे दुवै बेलायती फौजमा काम गरेका भूपू सैनिक हुँदाहुँदै पनि रामप्रसाद राई नेपालको फौजबारेका विशेष जानकार थिए कारण, बेलायती फौज छाडेर आएपछि उनी नेपालको फौजमा लप्टन थिए
त्यसैकारण रामप्रसाद राईले गठन गरेको फौज भोजपुरबाट पश्चिम आउने क्रममा राणाको केन्द्र काठमाडांैलाई ताकेर बनेपासम्म आइपुगेका बखत कथित दिल्ली सम्झौता भएको खबर आयो माझ किराँत अथवा पूर्वका कमान्डर रामप्रसाद राईले मध्यका कमान्डर डा. केआई सिंहले त्यस सम्झौताको विरोध गरेर सशस्त्र संघर्ष अघि बढाए युद्धका बेला ठूलो फौजको कमान्डरले विद्रोह गर्दा केके हुन
सक्थ्यो ? त्यो यतिखेर अनुमानको विषय मात्र हुन सक्छ तर, त्यसै बखतदेखि एउटा दुर्भाग्यको वीजारोपण भयो यो दुर्भाग्य कसको थियो अझै खुट्टिन सकेको छैन तर यसका सिकार भए रामप्रसाद राई दुवै राईहरूमध्ये नारदमुनिले सम्झौताको स्वागत गरे उनी पछि सरकारका मन्त्री बनाइए तर रामप्रसाद राईले सम्झौताको विरोध गरेर संघर्ष अगाडि बढाए उनको मृत्युको कारण यसै वरिपरि मात्र भेट्न सकिन्छ
कांग्रेसले सशस्त्र संघर्ष रोक्ने आह्वान गर्दै गर्दा रामप्रसाद राईलाई समातेर भोजपुर जेलमा हालियो भने केआई सिंहलाई भैरहवा जेलमा यसरी सशस्त्र संघर्षलाई साम्य पारियो तर ती कमान्डरहरूले नेतृत्व गरेको फौजलाई रक्षादलमा राखेर कमान्डमा लिन खोज्दै गर्दा दीर्घकालीन रूपमा असर पार्न सक्ने घटनाहरू पनि हुन पुगे जीबी याक्थुम्बाले भोजपुर गएर रामप्रसाद राईलाई जेल मुक्त गराए उनी काठमाडाँै आए केआई सिंहलाई भैरहवाबाट ल्याएर सिंहदरबारमा बन्द बनाइयो
प्रधानमन्त्री केआई सिंहले आपूmसँगै रामप्रसाद राई गएको कुरा भने तर साथै उनले के पनि भने भने बाटामा उहाँ बिरामी पर्नुभयो हिउँले भरिएको बाटो छिचोलेर मात्र चीनतर्फ जान सकिने भएकाले उहाँ हिँड्न सक्नुभएन हामीले बोकेर लान सक्ने अवस्था पनि थिएन उहाँलाई छाडेर हामी अगाडि लाग्यौं गन्तव्यमा पुगेर त्यहाँका सरकारी मानिसलाई हेर्न पठाउँदा मरिसकेको खबर लिएर गए
ramprasad raरक्षा दलमा नसमेटिएका रक्षा दलभित्रैका विद्रोही जनमुक्ति सेनालाई संगठित गरेर रामप्रसाद राईले वि. सं. २००८ माघ गते सिंहदरबारलाई आफ्नो कब्जामा लिएर केआई सिंहलाई छुटाए सैनिक दृष्टिले प्रमुख स्थानलगायत करिब २४ घन्टा सिंहदरबार विद्रोहीको कब्जामा रह्यो केआई सिंहको नेतृत्वमा विद्रोही सरकारसमेत गठन गरेको कुरा बाहिर आयो विद्रोही रक्षा दल सरकारी सेनाबीच सिंहदरबार टुँडीखेलबाट गोली हानाहान भयो त्यही बखत रामप्रसाद राई केआई सिंह भागेको खबर फैलिएपछि सरकारी सेना सिंहदरबार घेर्न सफल भयो यसै बिन्दुबाट रामप्रसाद राई बेपत्ता भए रामप्रसाद राई डा. केआई सिंह सिंहदरबारको पछाडिबाट भागेर चीनतर्फ लागेको हल्ला हावासरि फैलियो तर, धेरैले रामप्रसादलाई सिंहदरबारभित्रै मारिसकिएको थियो भत्रे शंका आज पनि गर्ने गर्छन् यसको प्रमाणका लागि त्रिभुवनले तत्कालै दिएको वक्तव्यमाविद्रोहीहरू भागे तर हाम्रा वफादार सेनाले तिनको पिछा गर्दै छन्भत्रेतर्फ पनि संकेत गर्छन्
प्रा. लक्ष्मी राईको गुनासो यहींनेर थियो, ‘प्रधानमन्त्री केआई सिंहले आपूmसँगै रामप्रसाद राई गएको कुरा भने तर साथै उनले के पनि भने भने बाटामा उहाँ बिरामी पर्नुभयो हिउँले भरिएको बाटो छिचोलेर मात्र चीनतर्फ जान सकिने भएकाले उहाँ हिँड्न सक्नुभएन हामीले बोकेर लान सक्ने अवस्था पनि थिएन उहाँलाई छाडेर हामी अगाडि लाग्यौं गन्तव्यमा पुगेर त्यहाँका सरकारी मानिसलाई हेर्न पठाउँदा मरिसकेको खबर लिएर गए प्रधानमन्त्री सिंहले पुनः हामीलाई के भने भनेबरु रामप्रसाद राईका केही कागजपत्र, टिपोट, डायरी फोटाहरू छन् भने मलाई हात लगाइदिनोस्, उहाँको इतिहास लेखाउँछु
हामी आमा छोरी ठीकै होलाजस्तो लागेर फर्कियौं बाग्मतीको किनारमा बसेर काजकिरिया ¥यौं सो सकेपछि प्रधानमन्त्रीले भनेअनुसार बुबाका भएभरका सबैथोक अर्काे दिन लगेर उनका हातमा पारिदियौं लक्ष्मीको भनाइ थियो, ‘त्यसपछि हामी आमाछोरी धेरै पटक उहाँको निवासमा पुग्यौं, रामप्रसाद राईको इतिहास छापियो कि भनेर तर दुर्भाग्य त्यो छापिएन त्यसपछि सिंह प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिएपछि पनि नछापिएको देखेपछि उनको निजी निवासमै गएर हामीले दिएका सामग्री माग्यौं तर फिर्ता गर्ने इच्छासमेत व्यक्त नगरेपछि हामी मनभरि शंका मुटुभरि निरासा लिएर फर्कियौं समारोहस्थलको भित्तातर्फ देखाउँदै लक्ष्मी राईले थपिन्, ‘ब्यानरमा रामप्रसाद राईको जुन फोटो तपाईंहरू देख्दै हुनुहुन्छ, त्यो फोटो हामीले नुनतेलको लागि धरान बासीखोरा आउजाउ गर्ने क्रममा बुबाका एकजना सैनिक साथीको घरमा बास बसेको बेलामा भेटेर मागेर ल्याएको हो ती घरबेटीलेहामी प्रजातन्त्रका लागि लड्यौं तर राणाहरूले हामीलाई क्षत्रीबाहुनविरोधी भनेर भोजपुरबाटै कुप्रचार सुरु गराएभत्रे कुरा सुनाए जुन कुरा बाबाले समेत भत्रे गरेको भनेर आमा मलाई सुनाउनुहुन्थ्यो यसरी सम्पूर्ण नेपालीको उत्पीडनविरुद्धमा प्रजातन्त्रको पक्षमा ज्यान दिएका रामप्रसाद राईलाई नेपालको विभूति मात्रुपर्नेमा उनको इतिहास लुकाउने कोसिस भएजस्तो लाग्छ स्मरणीय , रामप्रसाद राईको घर हालको खोटाङ जिल्लाको बासीखोरामा थियो

२००६ सालमा जागिर खोसिएर खोटाङ बजारबाट जाँदै गर्दा बिदाइमा उभिएका मानिसमध्ये भगवती माविका प्रधानाध्यापक माणिकलाल प्रधानले ११ वर्षको उमेरमा सुनेको, ‘धन्यवाद, जाँदै छु तर अबको करिब वर्षपछि नेपालमा ठूलै उथलपुथल हुनेछ, त्यसका लागि तपार्इंहरू सबै तयार रहनु होला,’ भनेर रामप्रसाद राई बिदा भएको कुरा स्मृतिमा ताजै , भन्छन् बाह्रै महिना हरियो भइरहने रामप्रसादले रोपेको एउटा समीको गाछी अझै , खोटाङको टुँडीखेल छेउमा जसले उनको स्मृति दिलाइरहेको , आज पनि दिल्ली सम्झौताले ओझेलमा पारेको नेपालका चे भत्र सकिने रामप्रसाद राईको मृत्यु एक एक दिन चेको मृत्युजस्तै बाहिर आउने विश्वास गर्न सकिन्छ  (साभार/आभार: राजधानी)